सल्यानमा शिक्षक मृत अवस्थामा फेला

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८३ श्रावण २०, बुधबार (१ हप्ता अघि)
  • १८४ पटक पढिएको

सल्यानमा शिक्षक मृत अवस्थामा फेला

सल्यानको बागचौर नगरपालिकामा एक जना शिक्षक मृत अवस्थामा फेला परेका छन् । दाङ तुलसीपुर घर भइ  हाल बागचौर नगरपालिका ७ ठुलाहिममा बस्दै आएका ४८ वर्षीय हरि बहादुर वली मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ  । प्रहरीका अनुसार शिक्षन वली  स्थानीय सरस्वती माध्यमिक विद्यालयमा राहत शिक्षकका रूपमा कार्यरत थिए ।
प्रहरी प्रमुख दिपक पातलीका अनुसार वलीले मंगलबार बेलुका खाना खाएर सुतेका थिए । बुधबार बिहान करिब ७ बजे घरबेटी कमला वलीले उठाउन खोज्दा उनी अचेत अवस्थामा भेटिएपछि  प्रहरी जानकारी गराइएको थियो ।
जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमखोली बाट प्रहरी सहायक निरीक्षक निरज खत्रीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा पुग्दा वली मृत अवस्थामा रहेको प्रहरीले जनाएको छ । मृतकका आफन्त दाङको तुल्सीपुरमा बस्ने र उनीहरूलाई खबर गरिसकिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

१ हप्ता अघि

मेरी आमा

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली