सल्यानमा विद्यालयको ढोका फुटाएर कम्प्युटर र ल्यापटप चोरी, तीन जना पक्राउ

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८३ श्रावण २५, सोमबार (३ हप्ता अघि)
  • १३१ पटक पढिएको

सल्यानमा विद्यालयको ढोका फुटाएर कम्प्युटर र ल्यापटप चोरी, तीन जना पक्राउ

सल्यानमा विद्यालयको ढोका फुटाएर कम्प्युटर, ल्यापटपलगायतका विद्युतीय तथा शैक्षिक सामग्री चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन । जिल्लाको त्रिवेणी गाउँपालिका–४ फलावाङस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कार्यकक्षको ढोका फुटाएर कम्प्युटर, ल्यापटपलगायतका सामग्री चोरी गरेको आरोपमा एक जना १८ वर्षीय र दुई जना १५ वर्षीय बालक रहेको पक्राउ परेको प्रहरीले जनाएको छ । सोमबार बिहान करिब ११ः४० बजे विद्यालयबाट चोरी भएको विद्यालयका प्रधानाध्यापक दलबहादुर रानाले जानकारी दिनुभयो ।
अनुसन्धानका क्रममा चोरीमा संलग्न रहेको आशंकामा त्रिवेणी गाउँपालिका–४ फलावाङका १८ वर्षीय रितिक भण्डारीसहित दुई जना १५ वर्षीय बालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख दिपक पातलीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरूसँग सोधपुछका क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा विद्यालयबाट चोरी भएका सामग्रीसमेत बरामद गरिएको छ ।
चोरी भएका सामग्रीमा चार थान डेस्कटप कम्प्युटरको पूरा सेट, दुई थान ल्यापटप, एउटा माइक्रोस्कोप, सीसीटीभीको एउटा एनभीआरलगायत विज्ञान प्रयोगशालामा प्रयोग हुने विभिन्न सामग्री उहाँले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई बरामद सामग्रीसहित सोमबार साँझ इलाका प्रहरी कार्यालय लुहाममा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली