सल्यानमा शैक्षिक नीति तथा कार्यक्रमबारे समीक्षा र छलफल

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८३ भाद्र ४, बिहिबार (२ हप्ता अघि)
  • ९५ पटक पढिएको

सल्यानमा शैक्षिक नीति तथा कार्यक्रमबारे समीक्षा र छलफल

सल्यानमा जिल्लाको समग्र शैक्षिक अवस्था, विद्यालय तथा विद्यार्थीको अवस्था र आगामी शैक्षिक योजनाका विषयमा समीक्षा तथा छलफल गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ सल्यानको आयोजनामा आर्थिक वर्ष २०८२÷८३ को प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८३÷८४ को शैक्षिक नीति अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाको समग्र शैक्षिक अवस्था र स्थानीय तहबाट सञ्चालन तथा कार्यान्वयन हुने सशर्ततर्फका शिक्षा सम्बन्धी कार्यक्रमका विषयमा जानकारी तथा छलफल गरिएको थियो । त्यस्तै, स्थानीय तहको वार्षिक शैक्षिक नीति तथा कार्यक्रमका विविध विषयमा समेत छलफल भएको शिक्षा विकास तथा समन्वय इकाइ सल्यानले जनाएको छ ।
कार्यक्रममा जिल्लाका विद्यालयको अवस्था, विद्यार्थीको अवस्था, शैक्षिक योजना तथा आगामी शिक्षा क्षेत्रका प्राथमिकताका विषयमा समीक्षा गरिएको थियो । स्थानीय तहले सञ्चालन गरेका शिक्षा सम्बन्धी कार्यक्रमको प्रगति, कार्यान्वयनमा देखिएका समस्या तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा समेत छलफल गरिएको थियो । कार्यक्रममा सल्यानका १० वटै स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा सामाजिक शाखा प्रमुख, विद्यालयका प्रधानाध्यापक लगायत शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमले स्थानीय तह र विद्यालय तहमा सञ्चालन हुने शिक्षा सम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने तथा आगामी शैक्षिक योजनालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख शेर बहादुर रोकाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाको प्रमुख आथित्यता तथा सामाजिक बिकास कार्यालय सल्यानका प्रमुख कृष्ण अधिकारीको बिशिष्ट आथित्यता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका सुचना अधिकारी कपिल जोशील गर्नुभएको थियो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली