गरिमाको न्याय माग्दै सल्यानमा विद्यार्थीको ¥याली

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८३ भाद्र ८, सोमबार (१ हप्ता अघि)
  • ९३ पटक पढिएको

गरिमाको न्याय माग्दै सल्यानमा विद्यार्थीको ¥याली

तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्दै सोमबार सल्यान सदरमुकाम खलंगामा विद्यार्थीहरूले ¥यालीसहित प्रदर्शन गरेका छन् । बाल क्लब एमएम एकेडेमी खलंगा, सल्यानको आयोजनामा भएको ¥यालीमा विद्यार्थीहरू प्लेकार्डसहित सहभागी भएका थिए । उनीहरूले ‘हत्यारालाई कारबाही गर’, ‘गरिमालाई न्याय देऊ’ लगायतका नारा लगाउँदै खलंगा बजार परिक्रमा गरेका थिए ।
बजार परिक्रमा गरेपछि ¥याली कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै विद्यार्थीहरूले तीन वर्षीया बालिकामाथि भएको दुव्र्यवहार र हत्याको घटना अत्यन्तै निन्दनीय र अमानवीय भएको बताएका थिए । घटनामा संलग्न दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने भन्दै कानुनअनुसार कडा कारबाही गर्न उनीहरूले माग गरेका छन् । विद्यार्थीहरूले बालिका तथा महिलाको सुरक्षा अझै सुनिश्चित हुन नसकेको भन्दै राज्यले बालबालिकाको सुरक्षाका विषयमा गम्भीर ध्यान दिनुपर्ने बताएका छन । घर, विद्यालय तथा सार्वजनिक स्थानमा बालबालिका सुरक्षित रूपमा हिँडडुल गर्न सक्ने वातावरण निर्माण गर्न सरकार र सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्ने उनीहरूको भनाइ थियो ।
उनीहरूले गरिमा चौधरीको घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई न्याय दिलाउन माग गरेका छन ्। साथै, बालिकामाथि हुने हिंसा, दुव्र्यवहार तथा अपराधविरुद्ध समाजका सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन ।
‘गरिमाका लागि न्याय भनेको केवल दोषीलाई सजाय दिने होइन, भोलि अर्को गरिमा जन्मनुअघि नै त्यस्तो अपराध हुन नदिने सुरक्षित समाज निर्माण गर्नु हो,’ विद्यार्थीहरूले बताएका थिए। कोणसभाको सञ्चालन कक्षा १० की छात्रा समीक्षा केसीले गरेकी थिइन्। कार्यक्रममा कक्षा ९ का छात्राहरू जेनिशा पुन, गरिमा कुमाई र दिपा कँवरलगायतले मन्तव्य राख्दै गरिमा चौधरीलाई न्याय र घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेका थिए । कार्यक्रमको समापन विद्यालयकी हेड गर्ल प्राप्ति देवकोटाले गरेकी थिइन् ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली