सल्यानमा वार्षिक समीक्षा कार्यक्रम सुरु, पहिलो दिन स्थानीय तहले प्रस्तुत गरे कार्यप्रगति


सल्यानमा वार्षिक समीक्षा कार्यक्रम सुरु, पहिलो दिन स्थानीय तहले प्रस्तुत गरे कार्यप्रगति

सल्यान जिल्लामा विकास निर्माणसँग सम्बन्धित संघीय तथा प्रदेश मातहतका कार्यालय र स्थानीय तहको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रम सुरु भएको छ। जिल्ला समन्वय समिति सल्यानको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा मंगलबारदेखि दुईदिने समीक्षा कार्यक्रम सुरु भएको हो। कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तह, संघीय तथा प्रदेश मातहतका कार्यालय र गैरसरकारी संस्थाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका कार्यक्रम, बजेट खर्च, योजनाको प्रगति तथा सम्पन्न भएका आयोजनाबारे जानकारी गराउनेछन्। समीक्षा कार्यक्रमको पहिलो दिन जिल्लाका १० वटै स्थानीय तह र दुईवटा गैरसरकारी संस्थाले आफ्नो वार्षिक कार्यप्रगति प्रस्तुत गरेका छन्। स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले गत आर्थिक वर्षमा सञ्चालन गरिएका कार्यक्रम, योजना तथा बजेट कार्यान्वयनको अवस्थाबारे जानकारी गराएका थिए।

उनीहरूले स्थानीय तहले कति बजेट खर्च गरे, कति योजना सम्पन्न भए, सञ्चालनमा रहेका योजनाको अवस्था तथा कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौतीलगायतका विषय प्रस्तुत गरेका छन्। कार्यक्रमको दोस्रो दिन बुधबार जिल्लामा सञ्चालित संघीय कार्यालय तथा प्रदेश मातहतका कार्यालयहरूले आफ्नो वार्षिक कार्यप्रगति प्रस्तुत गर्ने कार्यसूची रहेको जिल्ला समन्वय समितिले जनाएको छ। जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य तथा पूर्व उद्योग, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी प्रमुख अतिथि रहनु भएको छ। समीक्षा कार्यक्रमले जिल्लामा सञ्चालन भएका विकास निर्माण तथा अन्य कार्यक्रमको प्रगति, बजेट कार्यान्वयनको अवस्था र आगामी दिनमा सुधार गर्नुपर्ने विषय पहिचान गर्न सहयोग पुग्ने आशा गरिएको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली