रसुवा बाढीमा  सल्यानका ४७ जना सम्पर्कविहीन,एक घाइते

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८३ भाद्र ११, बिहिबार (१ हप्ता अघि)
  • ८६ पटक पढिएको

रसुवा बाढीमा  सल्यानका ४७ जना सम्पर्कविहीन,एक घाइते

रसुवामा आएको बाढीपछि कामको सिलसिलामा त्यहाँ पुगेका सल्यानका ४९ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ। सल्यानका विभिन्न पालिकाका  नागरिक रोजगारी तथा अन्य कामका लागि रसुवामा पुगेका थिए।
स्थानीय तहको प्राप्त विवरणअनुसार बन्गाड कुपिण्डे नगरपालिकाका ११ जना सम्पर्कविहीन भएका छन् भने एक जना घाइते भएका छन्। यस्तै, कपुरकोट गाउँपालिकाका १३ जना, त्रिवेणी गाउँपालिकाका ६ जना, कुमाख गाउँपालिकाका ७ जना, शारदा नगरपालिकाका ५ जना, बागचौर नगरपालिकाका २ जना, कालिमाटी गाउँपालिकाका २ जना र सिद्ध कुमाख गाउँपालिकाका १ जना सम्पर्कविहीन रहेको विवरण आएको छ।
स्थानीय तहहरूले प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन तथा जोखिमयुक्त स्थानमा भए सुरक्षित ठाउँमा सर्न आग्रह गरेका छन्। प्रहरीका अनुसार सम्पर्कविहीन हुन नसकेको विवरण प्राप्त भइरहेको छ। सल्यानका प्रहरी प्रमुख डीएसपी दीपक पातलीले विभिन्न स्रोत तथा परिवारबाट प्राप्त सूचनाका आधारमा प्रभावित क्षेत्रमा रहेका जिल्लावासीको विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय सल्यानले पनि प्रभावित क्षेत्रमा रहेका जिल्लावासीको यकिन विवरण सङ्कलनका लागि स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।
सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाका अनुसार कुन स्थानीय तह र कुन वडाका कति व्यक्ति प्रभावित क्षेत्रमा पुगेका छन्, उनीहरू के कामका लागि र कहाँ गएका हुन् तथा उनीहरूमध्ये को परिवारको सम्पर्कमा छन् र को सम्पर्कविहीन छन् भन्नेबारे विवरण सङ्कलन भइरहेको छ।
प्रशासनले प्राप्त विवरणलाई अद्यावधिक गर्दै प्रभावित क्षेत्रमा रहेका सल्यानवासीको अवस्थाबारे थप जानकारी लिने काम भइरहेको जनाएको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली