त्रिवेणी गाउँपालिकाले बाढीपीडितका लागि डेढ लाख सहयोग गर्ने

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८३ भाद्र ११, बिहिबार (१ हप्ता अघि)
  • ७१ पटक पढिएको

त्रिवेणी गाउँपालिकाले बाढीपीडितका लागि डेढ लाख सहयोग गर्ने

सल्यानको त्रिवेणी गाउँपालिकाले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा उपचार, सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धार र प्रभावित नागरिकको राहत व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै, बाढीपछि सम्पर्कविहीन भएका आफ्ना पालिकाका ११ जना नागरिकको खोजीका लागि प्रभावित क्षेत्रमा टोली परिचालन गर्ने निर्णय पनि गाउँपालिकाले गरेको छ । रोजगारीका सिलसिलामा रसुवा तथा नुवाकोट जिल्लाको त्रिशूली नदी आसपासका क्षेत्रमा गएका र बाढीपछि हालसम्म सम्पर्कमा नआएका नागरिकको खोज तथा उद्धारका लागि गाउँपालिकाले सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने जनाएको छ ।
खोज तथा उद्धारका लागि गाउँपालिका अध्यक्ष खिमबहादुर रावतको नेतृत्वमा स्वास्थ्यकर्मी, कर्मचारी तथा प्रभावित परिवारका आफन्तसहितको टोली प्रभावित क्षेत्रमा जाने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली