गाउँपालिका अध्यक्ष गिरीद्वारा २० हजार सहयोग, गाउँपालिकाले ५ लाख दिने घोषणा

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८३ भाद्र १२, शुक्रबार (१ हप्ता अघि)
  • ७२५ पटक पढिएको

गाउँपालिका अध्यक्ष गिरीद्वारा २० हजार सहयोग, गाउँपालिकाले ५ लाख दिने घोषणा

सल्यानको सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरीले रसुवा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि व्यक्तिगत रूपमा २० हजार २ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ।
बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको र प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको भन्दै अध्यक्ष गिरीले व्यक्तिगत तर्फबाट उक्त रकम सहयोग गर्नुभएको हो। उहाँले विपद्को समयमा राज्य र प्रभावित नागरिकलाई सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताउनुभएको छ।
यस्तै, सिद्धकुमाख गाउँपालिकाले पनि रसुवा बाढीपीडितका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ । गाउँपालिकाको बैठक बसि  बाढी प्रभावित नागरिकको राहतका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने  अध्यक्ष गिरीले जानकारी दिनुभएको छ।
अध्यक्ष गिरीले विपद्को समयमा सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताउनुभएको छ। उहाँले व्यक्तिगत रूपमा आफूले गर्नुपर्ने जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै सहयोगका लागि सबैलाई आग्रह गर्नुभएको छ।
उहाँले भन्नुभएको छ, “देशलाई अहिले सहयोग आवश्यक छ। सबैले आफ्नो–आफ्नो ठाउँबाट सकेको सहयोग गरौँ। मैले मेरो जिम्मेवारी पूरा गरेँ।”पालिकाको तर्फ बाट पनि ५ लाख सहयोग हुनेछ ।

आफुले व्यक्तिगत सहित पालिकाले पनि सहयोग गर्ने भएका कारण सबैले सहयोगी हात फैलाउन अनुरोध समेत गर्नुभयो ।
रसुवालगायत विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पछिल्लो समय स्थानीय तह, जनप्रतिनिधि, संघसंस्था तथा व्यक्तिहरूले सहयोग घोषणा गर्ने क्रम बढेको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली