युवाहरू जुटे, बनेको प्रतीक्षालयले स्थानीयवासीलाई दियो राहत

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८३ भाद्र ३१, बुधबार (२ हप्ता अघि)
  • २७८ पटक पढिएको

युवाहरू जुटे, बनेको प्रतीक्षालयले स्थानीयवासीलाई दियो राहत

सल्यानको शारदा नगरपालिका–१३, चलाउनेपानी बाख्रेमा स्थानीय युवाहरूको सक्रिय पहलमा प्रतीक्षालय निर्माण गरिएको छ। करिब ४० जना युवाहरूको सहयोग तथा सहभागितामा २ लाख ५२ हजार ७ सय रुपैयाँको लागतमा प्रतीक्षालय निर्माण सम्पन्न गरिएको हो।स्थानीयवासीको लामो समयदेखिको आवश्यकतालाई ध्यानमा राख्दै युवाहरू एकजुट भएर प्रतीक्षालय निर्माणका लागि पहल गरेका थिए। युवाहरूको सामूहिक प्रयासबाट निर्माण सम्पन्न भएको प्रतीक्षालय सञ्चालनमा आएपछि यात्रु तथा सर्वसाधारणलाई घामपानीबाट जोगिँदै केही समय विश्राम गर्न सहज भएको छ।

प्रतीक्षालय निर्माण भएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। समुदायको आवश्यकता पहिचान गरी युवाहरू आफैं सक्रिय भएर पूर्वाधार निर्माणमा जुट्नु सकारात्मक उदाहरण भएको स्थानीयवासीको भनाइ छ।

प्रतीक्षालयको हालै स्थानीयवासीको उपस्थितिमा उद्घाटनसमेत गरिएको छ। उद्घाटनका क्रममा स्थानीयले युवाहरूको सक्रियता, सहयोग र सामाजिक उत्तरदायित्वको प्रशंसा गरेका थिए।

स्थानीय युवाहरूको यो अभियानले एउटा आवश्यक पूर्वाधार निर्माण गर्नुका साथै सामूहिक भावना, आपसी सहकार्य र सामाजिक जिम्मेवारीको सन्देशसमेत दिएको छ। समुदायको विकासका लागि सरकारी निकायको मात्रै भर नपरी स्थानीयस्तरबाटै युवाहरू सक्रिय हुन थालेको यो पहल उदाहरणीय बनेको स्थानीयवासीले बताएका छन्।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली