संविधान दिवसको अवसरमा जिल्ला अस्पताल सल्यानका बिरामीलाई फलफूल वितरण

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८३ आश्विन २, शुक्रबार (२ हप्ता अघि)
  • ७२ पटक पढिएको

संविधान दिवसको अवसरमा जिल्ला अस्पताल सल्यानका बिरामीलाई फलफूल वितरण

संविधान दिवसको अवसरमा जिल्ला अस्पताल सल्यानमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको छ । संविधान दिवस जिल्ला स्तरीय मूल समारोह समितिले अस्पतालमा उपचाररत ३२ जनाभन्दा बढी बिरामीलाई फलफूल वितरण गरेको हो ।
संविधान दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा बिरामीलाई स्वास्थ्यलाभको कामनासहित विभिन्न प्रकारका फलफूल वितरण गरिएको संविधान दिवस जिल्ला स्तरीय मूल समारोह समितिका अध्यक्ष बेलाराम रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिवसको अवसरमा बिरामीको स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरण गरिएको हो । कार्यक्रममा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी, प्रमुख जिल्ला अधिकारी बन्धना कुमारी केसी, जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख असबिर बुढाथोकी लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख तथा सुरक्षा निकायका प्रतिनिधिको सहभागिता थियो ।


फलफूल वितरण कार्यक्रममा जिल्ला अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको समेत सहभागिता रहेको थियो । संविधान दिवसको मुख्य कार्यक्रमअन्तर्गत शनिबार जिल्ला सदरमुकाम खलंगामा प्रभातफेरी निकालिने अध्यक्ष रावलले बताउनुभयो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली