सल्यानका १० वटै पालिकामा कांग्रेसको नयाँ नेतृत्व

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८३ आश्विन ९, शुक्रबार (१ हप्ता अघि)
  • ८० पटक पढिएको

सल्यानका १० वटै पालिकामा कांग्रेसको नयाँ नेतृत्व

नेपाली कांग्रेसले सल्यानका १० वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पालिका अधिवेशनबाट सबै स्थानीय तहमा सभापति चयन भएसँगै जिल्लाको स्थानीय तहको नेतृत्व संरचना पूरा भएको हो ।

१० पालिकामध्ये सातवटामा सभापति सर्वसम्मत चयन भएका छन् भने तीन पालिकामा निर्वाचनमार्फत नेतृत्व चुनिएको छ । निर्वाचनबाट शारदा नगरपालिकाको सभापतिमा हपिस भण्डारी, बागचौर नगरपालिकामा भीमप्रकाश भण्डारी र छत्रेश्वरी गाउँपालिकामा मेघराज भण्डारी निर्वाचित भएका हुन् ।

सर्वसम्मततर्फ बनगाड कुपिण्डे नगरपालिकामा दिपेन्द्र विष्ट, दार्मा गाउँपालिकामा विशाल सिंह, कुमाख गाउँपालिकामा इन्द्रराज शर्मा, कालिमाटी गाउँपालिकामा थमन केसी, सिद्ध कुमाख गाउँपालिकामा भरत चलाउने, कपुरकोट गाउँपालिकामा कुबेर खत्री र त्रिवेणी गाउँपालिकामा मेघराज रोका सभापति चयन भएका छन् ।

पालिका तहको नेतृत्व चयनसँगै कांग्रेसले जिल्लाका सबै स्थानीय तहमा संगठनात्मक संरचना पूरा गरेको जनाएको छ । नवनिर्वाचित नेतृत्वले आगामी महाधिवेशनका लागि संगठनलाई थप व्यवस्थित बनाउने तथा स्थानीय तहमा पार्टीका गतिविधि प्रभावकारी बनाउने जिम्मेवारी पाएको छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली