डाँगीको बलियो उम्मेदवारी : १५औँ महाधिवेशनमा ३५ वर्षमुनिबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि केशवजंग डाँगी मैदानमा

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८३ आश्विन ९, शुक्रबार (१ हप्ता अघि)
  • ११६ पटक पढिएको

डाँगीको बलियो उम्मेदवारी : १५औँ महाधिवेशनमा ३५ वर्षमुनिबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि केशवजंग डाँगी मैदानमा

नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र युवा नेतृत्व, नयाँ सोच र संगठन सुदृढीकरणको बहस तीव्र बन्दै गएको छ। यसै क्रममा नेपाल विद्यार्थी संघ ९नेविसंघ० सल्यानका जिल्ला सभापति केशवजंग डाँगीले ३५ वर्षमुनिको युवा क्लस्टरबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी प्रस्तुत गरेका छन्। वैचारिक निष्ठा, संगठन निर्माण र युवा सहभागितालाई आफ्नो राजनीतिक यात्राको मुख्य आधार बनाउँदै आएका डाँगीले “युवा ऊर्जा, वैचारिक निष्ठा र सबल संगठन—समृद्ध कांग्रेस निर्माणको बलियो आधार१” भन्ने मूल नाराका साथ आफ्नो उम्मेदवारी अघि सारेका छन्।

डाँगी लामो समयदेखि विद्यार्थी तथा युवा राजनीतिसँगै सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। नेपाल विद्यार्थी संघको जिल्ला नेतृत्व सम्हाल्दै विद्यार्थी हकहित, संगठन विस्तार तथा युवालाई सामाजिक गतिविधिमा जोड्ने अभियानमा उनको सक्रियता रहँदै आएको छ। युवाहरूलाई राजनीतिमा मात्र नभई खेलकुद तथा सामाजिक क्षेत्रमा समेत सक्रिय बनाउनुपर्ने धारणा राख्दै आएका डाँगीले गत वर्ष “जय नेपाल कप” आयोजना गरेका थिए। युवाहरूको खेलकुद विकास गर्ने, खेलप्रति रुचि बढाउने तथा स्थानीयस्तरमा प्रतिभावान युवालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितालाई उनको युवा केन्द्रित सामाजिक सक्रियताको एउटा महत्वपूर्ण पहलका रूपमा लिइएको छ।

राजनीतिसँगै खेलकुद र सामाजिक अभियानमार्फत युवाहरूसँग प्रत्यक्ष जोडिँदै आएका डाँगीले युवा पुस्ताका समस्या, सम्भावना र आवश्यकतालाई पार्टीको नीति तथा नेतृत्व तहसम्म प्रभावकारी रूपमा पुर्‍याउन आफूले उम्मेदवारी दिएको बताएका छन्। आफ्नो उम्मेदवारीबारे डाँगीले भने, “पार्टीलाई वैचारिक रूपमा स्पष्ट र संगठनात्मक रूपमा सुदृढ बनाउनु आजको आवश्यकता हो। युवाहरूका मुद्दालाई पार्टीको केन्द्रीय तहसम्म सशक्त रूपमा पुर्‍याउन र समृद्ध कांग्रेस निर्माणको बलियो जग बसाल्नका लागि मैले उम्मेदवारी दिएको हुँ।”

विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक पहिचान निर्माण गरेका डाँगीको उम्मेदवारीले युवा पुस्तामाझ चासो बढाएको छ। संगठन निर्माण, विद्यार्थी हकहित, सामाजिक अभियान तथा जय नेपाल कपजस्ता खेलकुद गतिविधिमार्फत युवाहरूलाई सक्रिय बनाउने प्रयास गर्दै आएका डाँगीले अब पार्टीको केन्द्रीय तहमा युवा आवाजलाई प्रतिनिधित्व गर्ने लक्ष्यसहित आफ्नो उम्मेदवारी अघि सारेका छन्।

१५औँ महाधिवेशनमा ३५ वर्षमुनिको युवा क्लस्टरबाट उनको उम्मेदवारीले पार्टीभित्र युवा प्रतिनिधित्व र पुस्तान्तरणको बहसलाई थप अगाडि बढाएको छ। संगठनलाई थप गतिशील बनाउने, युवाको सहभागिता बढाउने र पार्टीलाई समयसापेक्ष रूपमा अघि बढाउने एजेन्डासहित डाँगी महाधिवेशनको मैदानमा उत्रिएका छन्।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली