तत्कालै रु १५० को क्यासब्याक

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८० चैत्र २७, मंगलबार (५ महिना अघि)
  • ३९१ पटक पढिएको
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

काठमाडौँ । नमस्ते पे ले नयाँ वर्षको उपलक्ष्यमा हरेक उडान टिकट खरिद तथा इन्टरनेटको बिल भुक्तानीमा आफ्ना प्रयोगकर्ताहरूका लागि नगद फिर्ता दिने विशेष अफर सुरु गरेको छ । यो अफर २६ चैत्र, २०८० देखि ५ वैशाख, २०८१ सम्म उपलब्ध हुनेछ ।

नमस्ते पे मार्फत हवाई टिकट खरिद गर्ने ग्राहकहरूले प्रत्येक टिकटमा तत्कालै रु १५० को क्यासब्याक प्राप्त गर्नेछन् । ग्राहकले जति धेरै टिकट खरिद गरे, उति नै बढी क्यासब्याक प्राप्त गर्नेछन् । त्यसैगरी नमस्ते पे मार्फत इन्टरनेटको बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरूले ५ प्रतिशत अथवा रु १०० सम्मको क्यासब्याक प्राप्त गर्ने जनाइएको छ । यस अफर अन्तर्गत नमस्ते पे प्रयोगकर्ताहरूले उडान टिकट र इन्टरनेट बिल भुक्तानीमा क्यासब्याकको लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नु नपर्ने कम्पनीले जनाएको छ ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेटको उद्देश्य रहेको जनाइएको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती