सल्यानमा १५ बर्षिय किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जिल्लाको दार्मा गाउँपालिकाका ५१ वर्षीय पुरुष पक्राउ परेका हुन् । उनलाई पीडित किशोरीलाई शुक्रबार राति बलात्कारको प्रयास गरेको भन्ने निवेदनका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो । पक्राउ परेका पुरुषलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको उहाँले बताउनु भयो । हिजो र आज सार्वजनिक बिदा भएका कारण भोली सोमबार मात्र अदालतमा उपस्थित गराइने सुचना अधिकारी बस्नेतले बताउनु भयो ।