वनस्पति दिवसको अवसरमा २ पत्रकार सम्मानित

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८१ चैत्र २९, शुक्रबार (१ साल अघि)
  • ७९८ पटक पढिएको

वनस्पति दिवसको अवसरमा २ पत्रकार सम्मानित

सल्यान — जैविक विविधताको संरक्षणमा उल्लेखनीय योगदान पु-याएको भन्दै दुई जना पत्रकारलाई सम्मान गरिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गत वनस्पति विभागको ६५ औं वार्षिकोत्सव तथा २६ औं वनस्पति दिवसको अवसरमा वनस्पति अनुसन्धान केन्द्र सल्यानले सम्मान गरेको हो ।

 केन्द्रले झन्डै एक दशक देखी  पत्रकारितामा सक्रिय मेरो जिल्ला डट कम अन्लाईनका संचालक,  रेडियो शारदा एफएम सल्यानका समाचार सम्पादक तथा कान्तिपुर टेलिभिजन सल्यान संवाददाता सरिता  चलाउने र लेकाली अन्लाईनका संचालक तथा सम्पादक खकेन्द्र केसिलाई सम्मानित गरेको छ ।
स्थानीय तहदेखि राष्ट्रिय स्तरका मुद्दा उजागर गर्दै आएका पत्रकार चलाउने र केसीले  जैविक विविधता, वातावरण संरक्षण, द्वन्द्वपीडित समुदाय, महिला र ग्रामीण सरोकारका विषयमा निरन्तर रिपोर्टिङ गर्दै आएका छन्।
कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले उनिहरुलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली