सल्यानको कालिमाटी २ दहटाकुरमा रहेको श्री सुर्योदय आधारभुत विद्यालयको २ कोठे भवनको शिलान्यास भएको छ । भवनको कर्णाली प्रदेश सभाका सदस्य तथा पूर्व भूमि ब्यवस्था ,कृषि सहकारी मन्त्री भीमप्रकाश शर्माले शिलन्यास गर्नुभएको हो ।
शिलान्यास गर्दे शर्माले शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक पूर्वाधार निर्माणलाई राज्यले प्राथमिकता राखेको वताउनुभयो । उहाले विकासलाई सवै राजनीतिक दलले साझा एजेण्डा वनाएर लैजानुपर्ने वताउनुभयो । उहाले भन्नुभयो विकासमा राजनीति नगरौ । निर्वाचनका समयमा आ आफ्नो आस्था विश्वास र नीति कार्यक्रमका आधारमा प्रस्पर्धामा गरेपनि जनप्रतिनीधि भएपछि सवैलाई समेटेर अघि वढ्नुपर्दछ ।
पूर्व भूमि ब्यवस्था ,कृषि सहकारी मन्त्री समेत रहेका शर्माले संविधानको भावना ,मर्म अनुसार तिनै तहका सरकार, सहकार्य, सह अस्तित्व, सह लगानीमा काम गरिरहेकाले विकासलाई गति दिएर जनताको आवश्यकता पुरा गर्न एक आपसमा सहकार्य गर्नुको विकल्प नभएकोमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का कर्णाली प्रदेश सदस्य पुरुषोत्तम भट्टराईले समुदायको सक्रियताले मात्र शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार निर्माणमा सफलता प्राप्त हुने भएकाले जनताले राम्रो कामको समर्थन र खरावी विरुद्ध प्रश्न गर्नुपर्ने वताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका २ नम्वर वडा सभापति वेल वहादुर पुनले शिक्षा सुधारका लागि भवन निर्माण कार्यले सहयोग पुग्ने भएकाले भवन निर्माणका लागि वजेट विनियोजन गर्ने जनप्रतिनीधिलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाले भन्नुभयो विकासलाई सवैको साझा वनाउन मेहनत गर्ने पूर्व मन्त्री भीम प्रकाश शर्मालाई धन्यवाद ब्यक्त गर्दछु।
विद्यालय ब्यवस्थापन समितिका अध्क्ष अम्मर के.सीले विद्यालयमा भवन अभावनमा झेल्नु परेको समस्या समाधान हुने विश्वास ब्यक्त गर्नु भयो । उहाले भन्नुभयो विद्यार्थीको चाप अनुसार भवन अप्रयाप्त भएकाले माग गरेको योजना भएकाले शैक्षिक सुधारमा योगदान पुग्ने छ ।
कर्णाली प्रदेश सरकारवाट विनियोजीत वजेट २५ लाख वजेटवाट २ कोठे भवन निर्माण गरिने छ ।