सल्यान —सल्यानमा चटयाङ लागेर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
आइतबार दिउँसो ४.३० बजेतिर जिल्लाको कालिमाटी गाउँपालिका-६ ढोरेनीनजिकै वर्ष ६९ का चन्द्रबहादुर घर्तीको घरमा चटयाङ पर्दा वर्ष १३ की करिष्मा घर्तीको मृत्यु भएको हो । घाइते बालिकाको उपचारका लागि मेहलकुना अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपि केशर कुमार न्यौपानेका अनुसार चटयाङका कारण वर्ष ७९ का चन्द्रबहादुर घर्ती, वर्ष ४५ का विष्णु खडका र वर्ष २० का डम्मरबहादुर खडका घाइते भएका छन् । घाइते सबैको मेहलकुना अस्पतालमै उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
घटनाबारे खबर प्राप्त भएपछि प्रहरी चौकी घुइयावारीबाट प्रहरी सहनिरीक्षक सुक्रराज डाँगीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरी प्रमुख न्यौपानेका अनुसार चट्याङका कारण एक खसी मरेको र एक बाख्रा घाइते भएको वताउनु भयो।
उहाँ सरिता मेरो जिल्ला डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |