चकलेटको आश देखाएर सल्यानमा तीन बालिकामाथि जबरजस्ती करणी : ५८ वर्षीय पुरुष पक्राउ

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ बैशाख २, मंगलबार (३ दिन अघि)
  • ६१८ पटक पढिएको

चकलेटको आश देखाएर सल्यानमा तीन बालिकामाथि जबरजस्ती करणी : ५८ वर्षीय पुरुष पक्राउ

सल्यानमा तीन जना बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको कालिमाटी गाउँपालिका ४ का ५८ वर्षीय इन्द्र बहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गएको चैत ९ गते दिउँसो आफ्नै किराना पसलमा सामान किन्न आएका ८ वर्षमुनिका तीन बालिकामाथि पुनले चकलेट र बिस्कुट दिएर ललाइ फकाइ जबरजस्ती करणी गरेका थिए । उनले बालिकाहरूलाई पसलभित्रै राखेर चक्लेट दिएर ३ जना बालिकाका गोप्य अंगमा अनुचित ढंगले छोएर जबरजस्ती करणी गरेको भन्ने अभिभावकको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी केशर कुमार न्यौपानेले जानकारी दिनुभयो । बालिकाहरू सुरुमा डरले घरमा केही नभने पनि उनीहरू अस्वभाविक देखिन थालेपछि अभिभावकहरूले सोधपुछ गरेका थिए । त्यसपछि घटना खुलेको हो । बालिकाले दिएको बयानका आधारमा पीडित पक्षले प्रहरीमा जाहेरी दिएका थिए । उजुरीपछि प्रहरीले पुनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको बताउनु भयो । पीडित पक्षको उजुरीपछि तत्काल अनुसन्धान अघि बढाएको जनाएको छ । पुनमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ ।
घटनाको अवस्था
चैत्र ९ गते इन्द्र बहादुर पुनको पसलमा तिन जना बालिकाहरु सँगै सामन किन्न गए । पुनले सुरुमा २ जना बालिकालाई ललाई फकाइ चक्लेट र बिस्कुटमा लोभ्याए, अनि बालिकाहरु पनि चक्लेट र बिस्कुटमा लोभिए । त्यसपछि इन्द्र बहादुर पुनले बालिकाहरुको गोप्य अगंमा हात लिने र जबरजस्ती करणी गर्न थालेपछि तिन जना मध्यकी एक जना बालिका भाग्न सफल भइन । २ जना बालिका भने जबरजस्ती करणीको सिकार हुन पुगिन । पुनः साझको ६ बजे ति भागेकी बालिका माथि पनि जबरजस्ती करणी भएको देखिन्छ प्रहरी प्रमुख न्यौपानेले भन्नु भयो, “ पुनले सुरुमा २ जना बालिकामाथि जबरजस्ती करणी गरेको तर अर्की बालिकामाथि त्यसो नगरेको बयान दिए , हामीले अनुसन्धान गर्दै जादा उनले  अर्को बालिका माथि पनि जबरजस्ती करणी गरेको स्वीकारे । पुनलाई पक्राउ गरेर अनुसन्धान भैरहेको छ
के भन्छ कानुन?
बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार १८ वर्षमुनिका बालबालिकामाथि यौन दुव्र्यवहार गर्नेलाई १ वर्षदेखि १० वर्षसम्म कैद र जरिवाना सजाय हुनसक्छ। मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २१९ मा कसैले जबरजस्ती करणी गर्न हुँदैन, कसैले कुनै करणी गरेमा वा मञ्जुरी लिएर पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ भन्ने कानुनी व्यवस्था गरेको छ । सोही स्पष्टीकरण खण्डमा करकाप, अनुचित प्रभाव, डर त्रास झुक्यानमा पारी वा अपरहण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी मानिनेछैन । होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन । गुद्दार वा मुखमा लिङ्ग पसाएमा गुदद्वार, मुख वा योनीमा लिङ्ग केही मात्र परेको भएमा, लिङ्गबाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबरजस्ती करणी गरेको मानिनेछ भन्ने कानुनी व्यवस्था रहेको छ । जबरजस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद सजाय हुने व्यवस्था गरेको छ ।
जसमा १० वर्षभन्दा कम उमेरकी बालिका भए १६ वर्षदेखि २० वर्षसम्मको कैद सजाय, १० वर्ष वा १० वर्षभन्दा माथि १४ वर्षभन्दा कम उमेरकी बालिका भए १४ वर्षदेखि १६ वर्षसम्म कैद, १४ वर्ष वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्ष देखि १४ वर्षसम्म कैद, त्यसैगरी १६ वर्ष वा १६ वर्ष भन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद र १८ वर्ष वा १८ भन्दा बढी उमेरकी महिला भए ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।

 

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली