सल्यानमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ बैशाख ७, आईतबार (७ घण्टा अघि)
  • १४८ पटक पढिएको

सल्यानमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

सल्यानमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । रोल्पाबाट दाङ तुलसीपुर जाँदै गरेको ग १ च ४३७६ जिप जिल्लाको कपुरकोट गाउँपालिका-३ कालेस्थित कपुरकोटदेखि रोल्पा जोड्ने भित्री सडक खण्डमा आइतबार दिउँसो दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेमा कपुरकोट-१ कालापातला बस्ने वर्ष ४५ की गौरी सुनार, २१ की चन्द्रकुमारी पुन, ४ की सलिशा पुन, ६१ की कौशिला पुन र वर्ष ७२ का नोखिराम बस्नेत रहेका छन् । घाइते सबैको स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरेर कपुरकोटमा संचालित आधारभूत अस्पतालमा उपचार भैरहेको र सबै खतरामुक्त रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम  बस्नेतले जानकारी दिनुभयो  ।
ब्रेक फेल भएर पिक अप जिप सडकमै दुर्घटनामा परेको उहाँको भनाइ छ । दुर्घटनामा घाइते भएकामध्ये दुई जना उपचारपछि घर फर्किसकेका र तीन जनालाई प्रादेशिक अस्पताल तुलसीपुरमा रिफर गरिएको आधारभूत अस्पताल कपुरकोटका प्रमुख देवेन्द्र सेनले बताउनु भयो  ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली