जग्गा विवाद समाधानपछि स्यानिपिप्लीमा पक्की पुल निर्माणको बाटो खुल्यो

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ चैत्र १०, मंगलबार (२ हप्ता अघि)
  • ७० पटक पढिएको

जग्गा विवाद समाधानपछि स्यानिपिप्लीमा पक्की पुल निर्माणको बाटो खुल्यो

लुम्बिनी–रारा राजमार्ग अन्तर्गत पर्ने रागेचौर–चौरजहारी तथा सल्ली–चौरजहारी सडक खण्डमा रहेको मर्म खोलाको स्यानिपिप्ली बजार क्षेत्रमा पक्की पुल निर्माण प्रक्रिया अघि बढ्ने भएको छ । सल्यानको कुमाख गाउँपालिका–स्थित स्यानिपिप्ली बजारमा मर्म खोलामाथि निर्माण हुन लागेको पक्की पुल जग्गा विवादका कारण रोकिएको थियो । तर अब उक्त विवाद समाधान भएसँगै पुल निर्माण प्रक्रिया अघि बढ्ने भएको हो । रागेचौर–चौरजहारी तथा सल्ली–चौरजहारी सडक खण्डको महत्वपूर्ण स्थान मानिने स्यानिपिप्ली क्षेत्रमा पुल नहुँदा विशेषगरी वर्षायाममा आवागमन निकै कष्टकर हुँदै आएको थियो । सर्वपक्षीय छलफलबाट जग्गासम्बन्धी विवाद टुंगिएपछि निर्माणको बाटो खुलेको पुर्वाधार बिकास कार्यालय सल्यानले जनाएको छ । छलफलमा प्रदेश सभा सदस्य तथा पूर्व प्रदेश कृषि मन्त्री भिमप्रकाश शर्मा, कुमाख गाउँपालिकाका सस्थापक अध्यक्ष दिलमाया बुढामगर, पुर्वाधार बिकास कार्यालय सल्यानका प्रमुख नविन थापा, सुचना अधिकारी सिद्धार्थ मिश्र, वडा नं. १ का अध्यक्ष डिल्लि बहादुर राना, वडा नं. ४ का अध्यक्ष शोभिलाल बस्नेत, स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीय बासिन्दाको सहभागिता विवाद समाधान भएको हो ।

विवाद समाधान भएसँगै पुल निर्माण कार्य ठेक्का मूल्याङ्कन प्रक्रियामा प्रवेश गरेको पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख नवीन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अव छिटै निर्माण प्रक्रिया अगाडि बढने बताउनु भयो । पुल निर्माण पछि वर्षायाममा हुने आवागमन समस्या हट्ने, यातायात सेवा नियमित बन्ने तथा स्यानिपिप्ली बजारसहित आसपासका बस्तीको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । स्थानीयवासीले पनि लामो समयदेखि प्रतिक्षा गरिएको पुल निर्माण अब सुरु हुने विश्वास व्यक्त गरेका छन ्।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली