
सल्यान जिल्ला मा बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को पहिलो दिन अंग्रेजी विषयको परीक्षामा २०४ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।नियमित तर्फ १४३ जना र ग्रेडवृद्धि तर्फ ६० जना विद्यार्थी अनुपस्थित रहेका हुन् । जिल्लामा यस वर्ष एसईई परीक्षा दिने नियमिततर्फ ४,०५६ र ग्रेडवृद्धितर्फ ८६ गरी जम्मा ४,१४२ विद्यार्थी रहेकामा १९ वटा परीक्षा केन्द्रबाट २०४ जना अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख शेरबहादुर रोकाले जानकारी दिनुभयो । सबैभन्दा बढी अनुपस्थिति शिव माध्यमिक विद्यालय मुलडाँडा परीक्षा केन्द्रमा देखिएको छ, जहाँ १५ जना विद्यार्थी अनुपस्थित रहेका छन्।
अनुपस्थित हुनेमध्ये १०२ जना छात्र र १०२ जना छात्रा रहेका छन्।पहिलो दिनको परीक्षा शान्त र मर्यादित वातावरणमा सम्पन्न भएको जनाइएको छ। परीक्षा व्यवस्थित बनाउन अनुगमन प्रभावकारी बनाइएको र सुरक्षा व्यवस्था पनि कडा पारिएको बताइएको छ
