सल्यानका १९ वटै परीक्षा केन्द्रबाट (एसइई)का उत्तर पुस्तिका जाँच सुरु

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ चैत्र १९, बिहिबार (२ हप्ता अघि)
  • २६६ पटक पढिएको

सल्यानका १९ वटै परीक्षा केन्द्रबाट (एसइई)का उत्तर पुस्तिका जाँच सुरु

सल्यानका १९ वटै परीक्षा केन्द्रबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तर पुस्तिका जाँच तथा परीक्षण कार्य सुरु गरिएको छ । छिटो र व्यवस्थित रूपमा नतिजा प्रकाशन गर्ने उद्देश्यले सरकारले परीक्षा केन्द्रमै उत्तर पुस्तिका परीक्षण गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार जिल्लाभर उत्तर पुस्तिका परीक्षण कार्य अघि बढाइएको शिक्षा विकास तथा समन्वय इकाई सल्यानले जनाएको छ । सम्पन्नको भएको केही बेरमै सुरक्षाकर्मी र सिसि क्यामेराको निगरानीमा सल्यानमा उत्तर पुस्तिका जाँच तथा परिक्षण सुरु गरिएको इकाई प्रमुख शेरबहादुर रोकाले जानकारी दिनुभयो । सुरुमा सबै केन्द्राध्यक्ष अलमलमा परेकोमा बिषयगत शिक्षकको ब्यवस्था भएपछि अहिले उत्तर पुस्तिका जाँच गर्न सहज भएको उहाँको भनाई छ ।

प्रत्येक उत्तर पुस्तिका तीन दिनभित्र परीक्षण सम्पन्न गर्ने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले जानकारी दनुभयो । उत्तर पुस्तिका परीक्षणका लागि फरक–फरक विद्यालयका विषयगत शिक्षक परिचालन गरिएको जानकारी दिनुभयो । यस्तै एक जना कैदीले कारागार बाटै परिक्षा दिएका छन । यस्तै एक जना क्रियापुत्रीले पनि परिक्षा दिएका छन । बागचौर नगरपालिकाको बालकन्या माबि कोटबारा केन्द्र विपिन विकले एसईई परिक्षा दिएका हुन ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली