
सल्यानको कालिमाटी क्षेत्रमा दिगो वन व्यवस्थापन कार्यक्रमअन्तर्गत गरिएको काठ कटानका विषयमा उत्पन्न विवाद समाधान भएको छ। वन र प्रहरीबीचको विवादपछि घटनाबारे बुझ्न वन निर्देशनालय सुर्खेतका निर्देशक शेरबहादुर श्रेष्ठ र कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी जयराम सापकोटाको टोली सल्यान पुगेको थियो। टोलीले स्थलगत अनुगमन गर्दा काम प्रक्रिया अनुसार भएको पाइएकाले अब समन्वय र सहकार्यका साथ कार्यक्रम अघि बढाइने वन निर्देशक शेर बहादुर श्रेष्ठले बताउनुभयो।
जाँचबुझपछि जिल्ला प्रशासन कार्यालय सल्यानमा भएको छलफलले कार्यक्रमलाई थप पारदर्शी, समन्वयात्मक र कानुनी दायराभित्र राखेर कार्यान्वयन गर्ने समझदारी गरेको बताउनु भयो । यसअघि डिभिजन वन कार्यालय सल्यानले लागू गरेको कार्यक्रममा अनावश्यक रूपमा रुख कटान भएको, रातिमा काठ निकासी भउकोे आरोप लागेपछि जिल्ला प्रहरी कार्यालयले उक्त कार्यमा रोक लगाएको थियो। स्थानीय स्तरमा समेत विभिन्न प्रतिक्रिया आएपछि छानबिन अघि बढाइएको थियो। विवाद बढेपछि निर्देशनालयको टोलि र प्रदेश डिआइजिको टोली जाँचबुझ गर्न सल्यान आएको हो ।

प्रहरी प्रमुख जयराम सापकोटाले केही समस्या देखिएको रनियमसंगत, पारदर्शी र कानुनी दायराभित्र रहेर मात्र काम अगाडि बढाइने बताउनुभयो। अब स्पष्ट कार्यप्रणाली, नियमित अनुगमन तथा सरोकारवाला निकायबीच समन्वय सुदृढ गर्दै कार्यक्रम पुनः अघिबढाउने वातावरण सिर्जना भएको बताउनु भयो। यसबाट कार्यक्रम अघि बढेसँगै वन संरक्षण र उपयोगबीच सन्तुलन कायम हुनुका साथै स्थानीय स्तरमा रोजगारी र राजस्व संकलनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाका अनुसार अब कार्यक्रम कर्णाली प्रदेश सरकारको कार्यविधिअनुसार निरन्तरता दिइनेछ र कार्यान्वयनका क्रममा प्रहरीसँग आवश्यक समन्वय बताउनुभयो ।

उहाँ सरिता मेरो जिल्ला डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |
