साइबर अपराधको आरोपमा  जेन्जी संयोजक युवराज खड्का पक्राउ

  • मेरो जिल्ला
  • / समाचार /
  • २०८३ अषाढ ८, सोमबार (१ महिना अघि)
  • ११७ पटक पढिएको

साइबर अपराधको आरोपमा  जेन्जी संयोजक युवराज खड्का पक्राउ

विद्युतीय कारोबारसम्बन्धी कसुरमा सल्यानका जेन्जी संयोजक तथा अभियन्ता युवराज खड्का पक्राउ परेका छन्। जिल्लाको कुमाख गाउँपालिका ६ निवासी खड्कालाई सोमबार बिहान शारदा नगरपालिका ४ साहिलाकम्द क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक डीएसपी दीपक पातलीका अनुसार खड्काविरुद्ध सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या गरेको, मानमर्दन हुने खालका सामग्री प्रकाशन तथा प्रसारण गरेको लगायतका उजुरी परेपछि पक्राउ गरिएको हो। उहाँका अनुसार विद्युतीय कारोबार ऐनअन्तर्गत दर्ता भएका उजुरीहरूको आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
प्रहरीका अनुसार खड्काले आफूलाई गृहमन्त्री सुदन गुरुङ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका भूपदेव शाह निकट व्यक्ति भएको दाबी गर्दै जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूसँग अस्वाभाविक र महत्वाकांक्षी माग राख्ने तथा पूरा नभए सामाजिक सञ्जालमार्फत बदनाम गरिदिने भन्दै दबाब र धम्की दिने गरेको आरोपसमेत लागेको छ।
खड्काविरुद्ध यसअघि नै विभिन्न व्यक्तिहरूले प्रहरीमा उजुरी दिएका थिए। ती उजुरीहरूको प्रारम्भिक अनुसन्धानपछि गत वैशाख महिनामै पक्राउ पुर्जी जारी गरिएको भए पनि उनी लामो समयदेखि प्रहरीको सम्पर्कबाहिर रहँदै आएका थिए। प्रहरीले खोजी कार्य तीव्र बनाएपछि सोमबार उनलाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ।
यसैबीच, खड्काविरुद्ध बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतमले समेत प्रहरीमा उजुरी दर्ता गराएको खुल्न आएको छ। स्थानीय तहका अन्य केही जनप्रतिनिधि तथा कर्मचारीहरूले पनि सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिगत प्रतिष्ठामा आँच पुर्‍याएको भन्दै गुनासो गरेको प्रहरी जनाएको छ।
पक्राउ परेका खड्कालाई सोमबार नै जिल्ला अदालत सल्यानबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने डीएसपी पातलीले जानकारी दिनुभयो। उहाँका अनुसार खड्काविरुद्ध प्राप्त भएका उजुरी, सामाजिक सञ्जालमा गरिएका गतिविधि तथा अन्य प्रमाणहरूको अध्ययन गरी कानुनी प्रक्रिया अगाडि बढाइनेछ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली