अर्घाखाँचीमा जीप दुर्घटना हुँदा चालक सहित २ जनाको मत्यु

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८१ चैत्र २४, आईतबार (१ दिन अघि)
  • ४३ पटक पढिएको

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा चालक सहित २ जनाको मत्यु

अर्घाखाँची – जीप दुर्घटना हुँदा अर्घाखाँचीमा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
जिल्लाको मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदह सडकखण्डमा लु २ च २९९० नम्बरको जीप दुर्घटना हुँदा चालक २२ वर्षीय दिलिप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको ज्यान गएको ईलाका प्रहरी खनदहका प्रमुख प्रहरी निरीक्षक जगनाथ मरासिनीले जानकारी दिनुभयो ।

जीप बिहान साढे ३ बजेतिर सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका भुवन पोखरेल र बसन्त पोखरेललाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली