सल्यानमा करिब ५२ प्रतिशत मतदान

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८२ फागुन २१, बिहिबार (१ महिना अघि)
  • ४५ पटक पढिएको

सल्यानमा करिब ५२ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य पदका लागि बिहीबार सम्पन्न मतदानमा सल्यानमा करिब ५२ प्रतिशत मत खसेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका कुल १ लाख ६२ हजार ४४९ मतदाता मध्ये प्रारम्भिक विवरणअनुसार ८४ हजार ४३० जनाले मतदान गरेका छन्। मुख्य निर्वाचन अधिकृत प्रल्हाद कुमार योगीले तीमध्ये ३७ हजार ३०२ पुरुष र ४८ हजार १२८ महिला मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको वताउनुभयो ।
जिल्लामा मतदानका लागि १ सय १७ मतदान स्थल र २ सय ५ मतदान केन्द्र निर्धारण गरिएको थियो। प्रतिनिधिसभा सदस्य पदका लागि १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये १२ जना विभिन्न राजनीतिक दलका र दुई जना स्वतन्त्र उम्मेदवार रहेका छन्।
निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षाको विशेष व्यवस्था गरिएको थियो। नेपाली सेना र सशस्त्र प्रहरी बलका टोली १३ स्थानमा खटिएका थिए भने १ हजार ४०६ जना म्यादी प्रहरीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको उल्लेख्य संख्यामा परिचालन गरिएको थियो। जिल्लामा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। मतदानपछि मतपेटिका आजै रातिसम्म सदरमुकाम ल्याइने जनाइएको छ। प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले हालसम्म जिल्लाको अवस्था शान्तिपूर्ण रहेको जानकारी दिनुभएको छ। राजनीतिक दलतर्फ नेपाली कांग्रेसका केशबहादुर विष्ट, नेकपा ९एमाले०का गुलाबजंग शाह, नेकपाका रमेश मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्द तथा नेकपा ९माओवादी०का चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन्। त्यसैगरी नेपाल मजदुर किसान पार्टीका लालबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिसा नेपाली, नेसनल रिपब्लिकन नेपालका डिल्लीबहादुर घर्ती, संयुक्त नागरिक पार्टीका कालीदास विक, जनमोर्चा नेपालकी कमला डाँगी, मंगोल नेसनल अर्गनाइजेसनका बालसिंह घर्ती तथा श्रम संस्कृति पार्टीका धनबहादुर बुढा प्रतिस्पर्धामा छन्। स्वतन्त्रतर्फ ध्रुवराज ओली र जुद्धकुमार सिंह उम्मेदवार रहेका छन्।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली