
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार रास्वपाले सबैभन्दा धेरै २५ हजार ६६६ मत प्राप्त गरेको छ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी दोस्रो स्थानमा रहँदै २० हजार ३३९ मत प्राप्त गरेको छ ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी एमालेले १८ हजार ०३२ मत पाएको छ भने नेपाली कांग्रेस ले १६ हजार ०६९ मत प्राप्त गरेको छ । अन्य दलहरूमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ४३०, नेपाल कम्युनिस्ट पार्टी माओवादीले ६९७, श्रम सस्कृती पार्टी ३ सय १२, नेपाल जनता हरित पार्टी ले २२२, नेस्नल परपब्लिक पार्टीले २ सय, सार्वभौम नागरिक पार्टीले १ सय ५६ जनता समाजवादी पार्टी नेपाल ले १४०, जनमत पार्टी ले १४० मत प्राप्त गरेका छन् । सल्यानमा समानुपातिकतर्फ कुल ८३ हजार ८२५ मत खसेकोमा ३ हजार ३५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
