
सदस्य निर्वाचनको परिणामपछि नेपाली कांग्रेस सल्यानले समीक्षा बैठक बस्दै छ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सल्यानले प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजय तथा प्राप्त मतपरिणामको सन्दर्भमा समीक्षा गर्न बैठक बोलाएको हो। जिल्ला कार्यसमिति, कार्यसमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पूर्व महाधिवेशन प्रतिनिधि, प्रदेश सभा सदस्य, पालिका तथा वडा जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, उम्मेदवार तथा पार्टीका विभिन्न तहका नेता–कार्यकर्तालाई बैठकमा उपस्थित हुन आग्रह गरिएको छ।
बैठक आज बिहान ११ः३० बजे बीपी स्मृति भवन खलंगा, सल्यान मा बस्ने नेपाली कांग्रेस जिल्ला कार्यसमिति सल्यानका सचिव प्रकाश भण्डारीले जानकारी दिनुभएको छ।
निर्वाचन परिणामको समीक्षा गर्दै आगामी रणनीतिबारे छलफल गर्न बैठक आयोजना गरिएको कांग्रेसले जनाएको छ।
