
सल्यानमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन ६ हजार ४ सय ९३ मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालय सल्यानका प्रत्यक्ष तर्फ तिन हजार ४ सय ५८ र समानुपातिक तर्फ तिन हजार ३५ मत गरि कुल ६ हजार ४ सय ९३ मत बदर भएको हो । जिल्लामा रहेका एक लाख ६२ हजार ४४९ मतदातामध्ये प्रत्यक्ष तर्फ ८३ हजार १६७ मत खसेको थियो भने समानुपातीक तर्फ ८३ हजार ८ सय २५ मत खसेको थियो । बदर मत घटाउनका लागि जिल्लाभर मतदाता शिक्षा कार्यक्रम लागु गरेपनि प्रभावकारी देखिएको छैन । अघिल्लो प्रतिनिधिसभा निर्वाचन २०७९ मा सल्यानमा एक लाख ५७ हजार ७०१ मतदाता रहेकामा प्रत्यक्षतर्फ ८३ हजार ७०४ मत खसेको थियो । तीमध्ये ७६ हजार ३२८ मत सदर र सात हजार ३७६ मत बदर भएको थियो । ६ हजार २१५ मत बदर भएको थियो ।
