
बढ्दो वायु प्रदूषणलाई मध्यनजर गर्दै कुमाख गाउँपालिकाले नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै वातावरण विभागको तथ्यांक अनुसार सुर्खेत र दैलेखमा रहेका वायु गुणस्तर मापन केन्द्रहरूले पछिल्लो समय वायु गुणस्तर सूचकांक ‘अस्वस्थकर’ तहमा पुगेको देखाएका छन ्। यसले मानव स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन गाउँपालिकाले सबै नागरिकलाई अनुरोध गरेको हो ।
गाउँपालिकाले विशेषगरी गर्भवती महिला, बल
बालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूलाई बढी सतर्क रहन आग्रह गरेको छ । वायु प्रदूषण नियन्त्रण तथा न्यूनीकरणका लागि वन डढेलो नलगाउन, घरायसी फोहर तथा प्लास्टिक नजलाउन, सवारी साधनको नियमित मर्मत गर्न र निर्माण कार्यबाट उठ्ने धुलो नियन्त्रण गर्न गाउँपालिकाले आग्रह गरेको छ । सवारी साधनबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यबाट उठ्ने धुलो र लामो समयसम्म वर्षा नपरेकाका कारण वायु प्रदूषण बढिरहेको जनाएको छ ।
