नवनिर्वाचित सांसद मल्लद्धारा राप्ती लोकमार्गको अनुगमन

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८२ फागुन २६, मंगलबार (१ महिना अघि)
  • ७५ पटक पढिएको

नवनिर्वाचित सांसद मल्लद्धारा राप्ती लोकमार्गको अनुगमन

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रमेश कुमार मल्लले राप्ती लोकमार्गको विस्तार तथा स्तरोन्नतिका लागि भइरहेको प्रगतिका बारेमा स्थलगत अवलोकन गर्नुभएको छ। आज बिहान राप्ती लोकमार्गको दाङ(सल्यान सडकखण्ड अन्तर्गत हर्नेटी(राम्री खण्डमा भइरहेको कामबारे स्थलगत अवलोकन गरी जानकारी लिनुभएको हो। सो क्रममा हर्नेटी(राम्री सडकखण्डको विस्तार तथा स्तरोन्नतिको ठेक्का लिएको पिके निर्माण सेवाका तर्फबाट काम गरिरहेका इञ्जिनियर प्रेम भण्डारीले सडक निर्माणको काम द्रुत गतिमा भइरहेको बताउनु भयो। भण्डारीका अनुसार गत जेठमा सम्झौता भएको र २०८२ जेठ ४ गतेसम्मको लागि समय सीमा रहेको भए पनि आफूहरुले ५र६ महिना अघि नै काम सम्पन्न गर्ने लक्ष्य लिएको बताउनु भयो। सो अवसरमा प्रतिनिधि सभा सदस्य मल्लले सडक विस्तार र स्तरोन्नतिको काम द्रुत गतिमा बढाउन र गुणस्तरमा कुनै कमी हुन नदिन आग्रह गर्नुभयो। मल्लले वर्षाको सिजनमा हिलोबाट जोगाउन र अरु समयमा हुने धुलो नियन्त्रण निर्माण कम्पनीले नै पूर्वतयारी गर्न पनि आग्रह गर्नुभयो। यसैबीच राप्ती लोकमार्गको अलग अलग खण्डमा तीनवटा कम्पनीले सडक स्तरोन्नति, विस्तार र मर्मतका काम गरिरहेको सडक डिभिजन दाङका सूचना अधिकारी इञ्जिनियर अशोक चौधरीले जानकारी दिनुभयो। चौधरीका अनुसार राप्ती लोकमार्गको विभिन्न तीन खण्डमा गरि ९ किमि सडकको डबल लेन विस्तार र स्तरोन्नतिका लागि ४० करोडमा पिके निर्माण सेवाले ठेक्का पाएको छ। त्यस्तै राम्री(कपुरकोट खण्डमा आरडी उज्ज्वल लोकमणि जेभीले र बागचौर(खौला सडकखण्डको काम सुरत टक्सार जेभीले काम गरिरहेको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो। सल्यानको लाइफलाइनका रुपमा रहेको राप्ती लोकमार्गको डबल लेन विस्तार र स्तरोन्नतिका लागि आफूले निरन्तर खबरदारी गरिरहने नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रमेश मल्लले बताउनु भएको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली