सल्यान अस्पतालमा कार्यरत डाक्टर शाह अचेत अवस्थामा फेला, हेलिकप्टरमार्फत उद्धार

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८२ चैत्र १, आईतबार (४ हप्ता अघि)
  • २६४ पटक पढिएको

सल्यान अस्पतालमा कार्यरत डाक्टर शाह अचेत अवस्थामा फेला, हेलिकप्टरमार्फत उद्धार

जिल्ला अस्पताल सल्यानमा कार्यरत एक चिकित्सक अचेत अवस्थामा फेला परेपछि हेलिकप्टरमार्फत उद्दार गरिएको छ । मधेस प्रदेशको महोत्तरी घर भई विगत दुई वर्षदेखि जिल्ला अस्पताल सल्यानमा कार्यरत ३७ वर्षीय एमडीजीपी डाक्टर बुद्धिनाथ शाह आइतबार बिहान अर्धचेत अवस्थामा फेला पर्नुभएको हो ।
बिहान करिब ९ बजेतिर नियमित रूपमा बिरामी जाँच गर्न राउन्डमा नआएपछि सहकर्मीहरूले खोजी गर्दा उहाँ अस्पतालको निर्मानाधिन भवनको कोठामा अर्धचेत अवस्थामा भेटिनुभएको थियो । अस्पतालमा सामान्य उपचारपछि उहाँलाई थप उपचारका लागि हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको जिल्ला अस्पताल स्रोतले जनाएको छ ।


स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढा मगरका अनुसार, राति १२ः४४ बजे खाना खाएर सुत्न जानुभएको छ । बिहान फोन गर्दा फोन नलागेपछि खोजतलास गरिएको थियो । सुत्ने कोठामा नभेटिएपछि अस्पतालको निर्मानाधिन भवनमा अचेत अवस्थामा फेला परेपछि तत्काल उपचार सुरु गरिएको थियो । घटनास्थलबाट ‘ओपी कम्पाउन’ नामक विषादीको करिब २ सय एमएल प्रयोग भएको बोतल भेटिएको र कोठामै एक सुसाइड नोट समेत फेला परेको उहाँले जानकारी दिनुभयो । उपचारको लागि तत्काल हेलिकोप्टरलाई सम्पर्क गरेपनि मौसम खराबीका कारण ढिलाई भएको थियो । दिउँसो २ बजे मात्र हेलिकोप्टर मार्फत प्रदेश अस्पताल सुर्खेतमा लगिएको उहाँले बताउनु भयो । थप उपचारका लागि काँठमान्डौँ लिने तयारी गरिएको छ ।

 

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली