सल्यानमा पहिलो पटक भूतपूर्व सैनिक सम्मेलन २०८२ सम्पन्न


सल्यानमा पहिलो पटक भूतपूर्व सैनिक सम्मेलन २०८२ सम्पन्न

सल्यानस्थित श्री सिद्धि बक्स गण सिमखर्क ब्यारेकमा भूतपूर्व सैनिक सम्मेलन २०८२ सम्पन्न भएको छ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा, विगतका वर्षहरूमा पृतना तथा बाहिनी तहमा आयोजा गर्ने गरिएको उक्त कार्यक्रम यस वर्ष सल्यान जिल्लामा पहिलो पटक भूतपूर्व सैनिक सम्मेलन सम्पन्न गरिएको हो । सल्यान स्थित सिद्धि बक्स गणमा ६६ जना भूतपूर्व सैनिकहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले आफ्नो सेवा अवधिका अनुभवहरू साझा गर्नुका साथै वर्तमान अवस्थामा भूतपूर्व सैनिकहरूको हित, सुविधा तथा चुनौतीहरूबारे समेत छलफल गरेका थिए । यस कार्यक्रमले भूतपूर्व सैनिकहरूबीच आपसी समन्वय, अनुभव आदान–प्रदान तथा सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको श्री सिद्धि बक्स सिमखर्क ब्यारेकका प्रमुख सेनानी शिवनारायण श्रेष्ठले जानकारी दिनुभयो ।


मध्यपश्चिम पृतनाका महासेनानी राजेन्द्र पराजुलीको प्रमुख आथित्यतामा सम्पन्न भएको सम्मेलनमा भूतपूर्व सैनिक परिवारका व्यक्तिहरुलाई बिभिन्न सामग्रीहरु मन्डी, पि क्याप, महिलाहरुको लागी सल उपलब्ध गराइएको थियो । यस्तै सम्मेलनमा पेन्सन बुझिरहेका नेपाली सेनाका भूतपूर्व सैनिक तथा पारिवारिक निबृत्तिभरणमा रहेका व्यक्तिहरुको सहभागिता रहेको थियो । उहाँहरुलाई भ्रमण भत्तासहित सम्मेलनबाट बिदाइ गरिएको छ ।


प्रमुख अतिथि महासेनानी राजेन्द्र पराजुलीले यस सम्मेलनले केवल भेटघाट मात्र नभई संगठन र भूतपूर्व सैनिकहरु बिचको सम्बन्धलाई अझ मजबुद र जिवन्त बनाउने महत्वपुर्ण भूमिका खेलेको बताउनुभयो । उहाले भूतपूर्व सैनिकहरुले राष्ट्रको रक्षाको निम्ति गरेको योगदान स्मरणीय रहेको बताउनु भयो ।
मध्यपश्चिम पृतना हेडक्वार्टरको समन्वयमा २०८२ चैत २२ गते आइतबारदेखि सुरु भएको भूतपूर्व सैनिक सम्मेलन कार्यक्रम विभिन्न जिल्लाहरूमा सञ्चालन भइरहेको छ। यो कार्यक्रम वैशाख ४ गतेसम्म निरन्तर रूपमा सञ्चालन हुने जनाइएको छ ।

 

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली