कपुरकोटमा “टिम्मुर कप” ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८२ चैत्र २८, शनिबार (१ महिना अघि)
  • ८९ पटक पढिएको

कपुरकोटमा “टिम्मुर कप” ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

वनस्पति दिवसको अवसर पारेर कपुरकोट गाउँपालिकास्तरीय खुला “टिम्मुर कप” ब्याडमिन्टन प्रतियोगिता आज वडा नं. ५ स्थित बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न भएको छ । खेलकुदको प्रवर्द्धनसँगै जडीबुटीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको उक्त प्रतियोगिता यस वर्ष पनि उत्साहजनक सहभागितासहित सम्पन्न भएको हो।
कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्रका प्रमुख डा. मित्र पाठकले स्वागत मन्तव्य राख्नुभएको थियो। प्रतियोगिता वनस्पति अनुसन्धान केन्द्रको आयोजनामा विभिन्न संघसंस्थाको आर्थिक सहयोग तथा समन्वयमा सम्पन्न भएको हो।
प्रतियोगितामा सुबास हमाल र भुवन डाँगीको जोडी प्रथम, सुरेन्द्र पुरी र सुशील बोहराको टोली द्वितीय तथा खल बहादुर घर्ती र यम महतराको टोली तृतीय भएका छन्।
विजेता खेलाडीहरूलाई आगामी २९ गते मूलपानी वनस्पति उद्यानमा आयोजना हुने मुख्य समारोहमा पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको छ।
कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष, जिल्ला ब्याडमिन्टन संघका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, कपुरकोट ब्याडमिन्टन संघ, बैंक तथा वित्तीय संस्था, सहकारीकर्मी, समाजसेवीलगायत ४० भन्दा बढी खेलाडीहरूको उपस्थिति रहेको थियो।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली