
सल्यानमा विभिन्न मुद्दामा संलग्न १५ जना व्यक्ति पक्राउ परेका छन । एक महिनाको अवधिमा विभिन्न घटनामा संलग्न ती व्यक्तिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको हो । प्रहरीले चैत्र महिनाको प्रगति विवरण सार्वजनिक गर्दै पक्राउ पर्नेहरूमा कर्तव्य ज्यानका २ जना, बलात्कारका १ जना, बलात्कार प्रयासका १ जना, सवारी ज्यानका १ जना, लागुऔषधका १ जना, विद्युतिय कारोबारका १ जना र बहुविवाहका २ जना रहेको जनाएको छ। त्यस्तै अभद्र व्यवहारका २ जना, बैंकिङ कसुरका ३ जना र पेन्डिङ मुद्दाका १ जना गरी कुल १५ जना पक्राउ परेका छन ।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईका अनुसार चैत्र महिनामा सबैभन्दा बढी घटना कुमाख गाउँपालिकामा भएका छन् भने सबैभन्दा कम घटना कालिमाटी गाउँपालिकामा भएका छन् । यसै अवधिमा ४४ वटा ठाडो उजुरी परेकोमा ४१ वटा फछ्र्यौट भइसकेका छन् भने ३ वटा बाँकी रहेका छन ्। साथै, चैत्र महिनामा ८ वटा आगलागीका घटना दर्ता भएका छन्, जसमा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। उक्त अवधिमा प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरेको जनाएको छ ।
