सल्यानमा विद्युत् सर्ट हुँदा आगलागी, एक वृद्धको जलेर मृत्यु

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८३ बैशाख ८, मंगलबार (४ हप्ता अघि)
  • ७८ पटक पढिएको

सल्यानमा विद्युत् सर्ट हुँदा आगलागी, एक वृद्धको जलेर मृत्यु

सल्यानमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका–४ नमुना मोहर बस्तीमा मंगलबार साँझ विद्युत् सर्ट हुँदा आगलागीमा परी एक जना वृद्धको जलेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार स्थानीय ४० वर्षीय भद्रबहादुर घर्तीको बाख्राको खोरमा विद्युत् तार सर्ट भई अचानक आगलागी हुँदा त्यहीँ सुतिरहेका ७० वर्षीय मोतिराम वलीको जलेर मृत्यु भएको जानकारी दिनुभयो । आगलागीबाट खोरभित्र रहेका ३५ वटा लोकल कुखुरा समेत जलेर नष्ट भएका छन्। स्थानीय सरगम घर्तीले टेलिफोनमार्फत घटनाबारे जानकारी गराएपछि इलाका प्रहरी कार्यालय सिमखोलीबाट प्रहरी सहायक निरीक्षक निरज खत्रीको कमाण्डमा चार जनाको प्रहरी टोलि घटनास्थलमा खटिएको थियो। प्रहरी र स्थानीयको संयुक्त प्रयासमा साँझ करिब ५स्३० बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी निरीक्षक यामबहादुर मल्लको कमाण्डमा पाँच जनाको टोली परिचालन गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

file photo

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली