सल्यानका १३२ जना किसानको माटो परिक्षण : अधिकांश माटोमा अम्लियपना

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८३ बैशाख २४, बिहिबार (१ हप्ता अघि)
  • ६५ पटक पढिएको

सल्यानका १३२ जना किसानको माटो परिक्षण : अधिकांश माटोमा अम्लियपना

सल्यानमा माटोको उर्वराशक्ति बढाउन र व्यावसायिक कृषिलाई प्रोत्साहन गर्न माटो परीक्षण गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सल्यानको आयोजना र एकीकृत कृषि प्रयोगशाला सुर्खेतको प्राविधिक सहयोगमा माटो परीक्षण शिविर सञ्चालन तथा डिजिटल माटो नक्सा अद्यावधिक कार्यक्रम” सञ्चालन गरेको हो । शिविरमा १ सय ३२ जना किसानको माटो परीक्षण गरिएको कार्यालयले जनाएको छ । विशेषगरी जोन क्षेत्र लागू भएका किसानलाई लक्षित गरेर शिविर आयोजना गरिएको परियोजना इकाई प्रमुख अनिल बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमार्फत किसानको खेतबारीबाट माटोको नमुना संकलन गरी परीक्षण गरिएको थियो । परीक्षणका क्रममा अधिकांश किसानको माटोमा अम्लियपना देखिएको कार्यक्रम उहाँले जानकारी दिनुभयो । माटो परिक्षण पछि अम्लियपना बढी भएका क्षेत्रमा माटो सुधारका लागि कृषि चुन लगायत आवश्यक सामग्री वितरण गरिनेछ ।


एकिकृत प्रयोगशालाका बरिष्ठ कृषि अधिकृत प्रयोग बहादुर शाहीले सल्यानमा किसाहनहरुले रासायनिक मल बढि प्रयोग गरेका कारणले माटोको अवस्था बिग्रदै गएको बताउनु भयो । माटो परिक्षण पछि सिफारिसको आधारमा मल प्रयोग गर्न निर्देशन गर्दा पनि किसानहरुले अटेरी गर्दा यो समस्या आएको बताउनु भयो । माटो परिक्षण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटा, अदुवा बालि अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर घनश्याम भण्डारी तथा शारदा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रदिप पाण्डेको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै सहभागीहरूले उत्पादन वृद्धि गर्न माटो परीक्षण आवश्यक रहेको बताएका छन् । माटो परीक्षणपछि कुन बाली लगाउँदा उपयुक्त हुन्छ भन्ने विषय किसानले सहजै थाहा पाउने उनीहरूको भनाइ थियो । नेपालमा करिब ५५ प्रतिशत माटो अम्लीय रहेको उल्लेख गर्दै माटो सुधार नगरी दीर्घकालीन रूपमा उत्पादन वृद्धि सम्भव नहुने धारणा राखिएको छ । माटो परीक्षण तथा सुधार कार्यक्रमले किसानलाई सहज हुने, उत्पादन बढ्ने र माटोको गुणस्तर संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली