
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्लाको दार्मा गाउँपालिका–२ भुसखोला स्थित भित्री सडक खण्डमा फारुल्लाचौरदेखि भुसखोला तर्फ जाँदै गरेको रा १ त ४४९५ नम्बरको खाली ट्याक्टर शुक्रबार दिउँसो दुर्घटनामा परेको हो ।
दुर्घटनामा ट्याक्टर चालक दार्मा गाउँपालिका–२ का १७ वर्षीय प्रदिप विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ट्याक्टर सडकबाट करिब १५ मिटर तल खस्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि थुम्के सल्ली स्वास्थ्य चौकी लगिएको थियो । स्वास्थ्य चौकीले दिउँसो १ बजेर मिनेटमा मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय दार्माले जनाएको छ । दुर्घटनामा परी दार्मा गाउँपालिका–२ भुसखोलाका १७ वर्षीय टेकबहादुर विक घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा सामान्य चोट लागेको र थुम्के सल्ली स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, २२ वर्षीय विशाल विकको दाहिने हातमा चोट लागेको छ । घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
