सल्यानमा जिल्लास्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८३ बैशाख २८, सोमबार (३ हप्ता अघि)
  • ६३ पटक पढिएको

सल्यानमा जिल्लास्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

|default

सल्यानमा जिल्लास्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । १० जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–१ देवस्थलस्थित राताचौर खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा १० वटै स्थानीय तहबाट करिब आठ सय भन्दा विद्यार्थी खेलाडीको सहभागिता रहेको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा एथलेटिक्स, कपडी, मार्सल आर्ट भलिबल लगायत बिभिन्न खेल बिधामा प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य रमेशकुमार मल्ल ले गर्नुभयो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले खेलकुदले विद्यार्थीमा अनुशासन, प्रतिस्पर्धात्मक भावना र नेतृत्व विकास गर्ने बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रका प्रतिभावान खेलाडीलाई राष्ट्रियस्तरसम्म पु¥याउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री भीमप्रकाश शर्मा, जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतम, बन्गाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्णबहादुर बुढाथोकी, शारदा नगरपालिकाकी उपप्रमुख सुस्मिता सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति प्रकाश नेपाली, नेपाली कांग्रेसका सनतकुमार शर्मा, नेपाल कम्युनिस्ट पार्टीका नेता रमेशकुमार गौतम तथा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत ले खेलकुदको महत्वबारे धारणा राख्नुभएको थियो ।

जिल्ला खेलकुद विकास समिति सल्यानका अध्यक्ष खड्ग आचार्य को अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा स्थानीय व्यवस्थापनको जिम्मा लिएको प्रभाकर माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश चन्द ले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन तुफान वली ले गर्नुभएको थियो ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, मार्सल आर्ट लगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा भइरहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । विभिन्न खेल सञ्चालनका लागि करिब ४० जना निर्णायक परिचालन गरिएको छ ।

अध्यक्ष आचार्यका अनुसार प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगिताका लागि छनोट गरिनेछ । बन्गाड कुपिण्डे नगरपालिकाको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिता वैशाख २९ गतेसम्म जारी रहनेछ ।

यसअघि कुमाख गाउँपालिकास्थित नारायण माध्यमिक विद्यालयमा सम्पन्न १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शारदा नगरपालिकाले जितेको थियो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली