सल्यानमा तीन थान अवैध भरुवा बन्दुक बरामद

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८३ जेष्ठ २, शनिबार (३ हप्ता अघि)
  • ५२ पटक पढिएको

सल्यानमा तीन थान अवैध भरुवा बन्दुक बरामद

सल्यान प्रहरीले जिल्लाका विभिन्न स्थानबाट तीन थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले बैशाख महिनाको प्रगति विवरण सार्वजनिक गर्दै सामुदायिक वन क्षेत्रबाट ती बन्दुक फेला परेको जनाएको हो । प्रहरीका अनुसार बरामद गरिएका बन्दुकमध्ये एक थान शारदा नगरपालिका–१५ स्थित शारदा सामुदायिक वनबाट बरामद गरिएको हो । यस्तै अर्को एक थान शारदा नगरपालिका–६ को बराला पाथिहाल्ना सामुदायिक वन क्षेत्रबाट फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी त्रिवेणी गाउँपालिका–३ स्थित मनकामना सामुदायिक वनको आडार क्षेत्रमा लुकाइराखिएको अवस्थामा थप एक थान अवैध भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो । बरामद गरिएका बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाइराखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली