दार्मा गाउँपालिका कर्णाली प्रदेशमै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८३ जेष्ठ ६, बुधबार (२ हप्ता अघि)
  • ३८३ पटक पढिएको

दार्मा गाउँपालिका कर्णाली प्रदेशमै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह

सल्यानको दार्मा गाउँपालिका कर्णाली प्रदेशमै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार गाउँपालिकाको बेरुजु ०.२५ प्रतिशत अर्थात् २५ लाख १७ हजार रुपैयाँ मात्रै रहेको उल्लेख गरिएको छ।
गाउँपालिकाले आर्थिक अनुशासन, पारदर्शिता तथा कानुनी प्रक्रियालाई प्रभावकारी रूपमा कार्यान्वयन गरेकाले बेरुजु न्यून गर्न सफलता प्राप्त भएको जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीका अनुसार ऐन, नियम तथा कार्यविधिअनुसार मात्रै भुक्तानी प्रक्रिया अघि बढाइएको, आवश्यक कागजात र प्रक्रिया पूरा नभएसम्म कुनै पनि भुक्तानी नगरिएको तथा बेरुजु आउने प्रकृतिका कार्यलाई निरुत्साहित गरिएकाले सकारात्मक नतिजा प्राप्त भएको बताउनु भयो।
उहाँले शून्य बेरुजु भएको पालिका बनाउने लक्ष्यसहित कार्य भइरहेको उल्लेख गर्दै यस वर्ष पूर्ण सफलता हासिल नभए पनि त्यसतर्फ महत्वपूर्ण आधार तयार भएको बताउनुभयो। “आर्थिक सुशासन कायम गर्ने, नियमसम्मत रूपमा काम गर्ने तथा पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्ने उद्देश्यका साथ गाउँपालिकाले काम गरिरहेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत ओलीले बेरुजु न्यून बनाउन सहयोग गर्ने जनप्रतिनिधि, शिक्षक–कर्मचारी, निर्माण व्यवसायी, सप्लायर्स, उपभोक्ता समिति तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्नुभयो। साथै आगामी दिनमा पनि आर्थिक अनुशासनलाई थप प्रभावकारी बनाउँदै शून्य बेरुजु हासिल गर्ने लक्ष्यका साथ काम अघि बढाइने बताउनुभयो।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली