सल्यानको बनगाड कुपिण्डे पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८३ जेष्ठ ८, शुक्रबार (२ हप्ता अघि)
  • ६७ पटक पढिएको

सल्यानको बनगाड कुपिण्डे पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

सल्यानको बनगाड कुपिण्डे नगरपालिका जिल्लामै पहिलो पटक “पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका” घोषणा भएको छ । जिल्ला खोप समन्वय समिति र पालिका खोप समन्वय समितिको संयुक्त आयोजनामा बिहीबार आयोजित कार्यक्रममा नगरपालिकालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा तथा प्रमाणीकरण गरिएको हो । जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय प्रमुख बेलराम रावलको अध्यक्षता र नगर प्रमुख कर्णबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्णखोप अभियानलाई दीगो र प्रभावकारी बनाउन सबै सरोकारवाला पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो ।

कार्यक्रममा उपप्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, १२ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य कार्यालय सल्यानका खोप फोकल पर्सन तथा जनस्वास्थ्य अधिकृत तारा रिजाल लगायत विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा अधिकृत बासुदेव पोख्रेलले गर्नुभएको थियो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवीन चौधरीले पूर्णखोपको अवधारणा, यसको महत्व, हालसम्मको अवस्था, स्थानीय तहमा देखिएका चुनौती, खोप ऐन २०७२, पूर्णखोप सुनिश्चितता तथा दिगोपना रणनीति, घरधुरी सर्वेक्षण, प्रमाणीकरण प्रक्रिया तथा अभिलेखीकरण र प्रतिवेदन प्रणालीबारे जानकारी गराउनुभएको थियो ।

 

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली