सल्यानमा विपद् प्रतिकार्यका लागि संयुक्त नमुना अभ्यास प्रदर्शनी

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८३ जेष्ठ १३, बुधबार (१ हप्ता अघि)
  • ६२ पटक पढिएको

सल्यानमा विपद् प्रतिकार्यका लागि संयुक्त नमुना अभ्यास प्रदर्शनी

सल्यानमा विपद् प्रतिकार्यका लागि संयुक्त नमुना अभ्यास प्रदर्शन गरिएको छ । नेपाली सेनाको श्री सिद्धिबक्स गण सिमखर्क ब्यारेक, जिल्ला प्रहरी कार्यालय सल्यान, सशस्त्र प्रहरी बल नेपाल गुल्म सल्यानको संयुक्त आयोजना तथा अन्य सरोकारवालासँगको सहकार्यमा संयुक्त विपद् प्रतिकार्य “मनसुन–६” अभ्यास सम्पन्न गरेको हो ।
जिल्लाको शारदा नगरपालिका–८ वारगाउँमा आयोजित नमुना अभ्यासमा मनसुन पूर्वतयारी, विपद् प्रतिकार्य, खोज तथा उद्धार सामग्रीको प्रदर्शनी तथा विपद् व्यवस्थापन सम्बन्धी विभिन्न अभ्यास प्रस्तुत गरिएको थियो ।


मनसुन सुरु हुन लागेकाले सम्भावित विपद्का जोखिम न्यूनीकरण गर्नुका साथै नागरिकस्तरमा सचेतना फैलाउने उद्देश्यले अभ्यास सञ्चालन गरिएको सिद्धिबक्स गणका गणपति प्रमुख सेनानी शिवनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार विपद् प्रतिकार्य योजना अन्तर्गत हरेक वर्ष कृत्रिम नमुना अभ्यास गरिँदै आएको छ । यस्ता अभ्यासले विपद्बाट बच्ने उपायबारे जानकारी दिनुका साथै सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।


कार्यक्रममा पहिरोका कारण गाडी दुर्घटना भएको अवस्थाको कृत्रिम दृश्य प्रस्तुत गर्दै घाइतेहरूको उद्धार, प्राथमिक उपचार तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने अभ्यास प्रदर्शन गरिएको थियो । दुर्घटनामा फसेका व्यक्तिलाई सुरक्षाकर्मीहरूले विभिन्न उद्धार विधि प्रयोग गरी उद्धार गरेका थिए । साथै घाइतेलाई स्वास्थ्य संस्थासम्म पु¥याउने प्रक्रियाबारे पनि अभ्यास गरिएको थियो ।

संयुक्त नमुना अभ्यास कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारी, निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख दिपक पातली, सशस्त्र प्रहरी बलका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक भरत बहादुर कुँवर, प्रमुख अनुसन्धान अधिकृत चन्द्रकमल खडका, अन्य सुरक्षाकर्मी, रेडक्रस र स्थानिय लगायतको उपस्थिति रहेको थियो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली