दार्मामा आत्महत्या, सवारी दुर्घटना न्यूनीकरण तथा लागूऔषध नियन्त्रणसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८३ जेष्ठ २२, शुक्रबार (१ महिना अघि)
  • ९२ पटक पढिएको

दार्मामा आत्महत्या, सवारी दुर्घटना न्यूनीकरण तथा लागूऔषध नियन्त्रणसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

सल्यानको दार्मा गाउँपालिका–३ फारुलाचौरस्थित श्री जनज्योति माध्यमिक विद्यालयमा आत्महत्या, सवारी दुर्घटना न्यूनीकरण तथा लागूऔषध नियन्त्रणसम्बन्धी विद्यालयस्तरीय जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय दार्माको आयोजनामा तथा दार्मा गाउँपालिकाको सहयोगमा शुक्रबार उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा विद्यार्थी, शिक्षक तथा सरोकारवाला सहभागीहरूलाई आत्महत्याका कारण, त्यसको रोकथामका उपाय, मानसिक स्वास्थ्यको महत्व, सुरक्षित सवारी सञ्चालनका नियम तथा लागूऔषध दुव्र्यसनबाट हुने नकारात्मक प्रभावबारे जानकारी गराइएको थियो।


सहभागीहरूलाई आत्महत्या जस्तो संवेदनशील विषयमा खुलेर छलफल गर्न, मानसिक तनाव वा समस्यामा परेका व्यक्तिलाई समयमै सहयोग गर्न तथा आवश्यक परामर्श लिन प्रेरित गरिएको थियो। साथै सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना, सवारी चलाउँदा हेल्मेट र सिटबेल्टको प्रयोग तथा लापरवाहीपूर्ण सवारी सञ्चालन नगर्न आग्रह गरिएको थियो।
कार्यक्रममा लागूऔषधको प्रयोगले व्यक्ति, परिवार र समाजमा पार्ने असरबारे सचेतना फैलाउँदै युवापुस्तालाई कुलत तथा दुव्र्यसनबाट टाढा रहन अनुरोध गरिएको थियो।
प्रहरीले समुदाय, विद्यालय, स्थानीय तह र सामाजिक संस्थाबीचको सहकार्यबाट मात्र सुरक्षित, सभ्य र लागूऔषधमुक्त समाज निर्माण गर्न सकिने बताउँदै यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली