विश्व वातावरण दिवसमा सल्यानभर वृक्षारोपण

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८३ जेष्ठ २२, शुक्रबार (१ महिना अघि)
  • ८७ पटक पढिएको

विश्व वातावरण दिवसमा सल्यानभर वृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा सल्यानमा वृक्षारोपण, वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा साहित्यिक गतिविधि गरी विभिन्न कार्यक्रमका साथ दिवस मनाइएको छ ।
डिभिजन वन कार्यालय सल्यानको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यालयले कपुरकोटको धार्मिक वनसहित विभिन्न क्षेत्रमा बहुमूल्य तथा स्थानीय हावापानी सुहाउँदा विभिन्न प्रजातिका करिब १ सय ५० वटा बिरुवा रोपेको जनाएको छ। डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलका अनुसार वन क्षेत्रको संरक्षण, हरियाली प्रवद्र्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो ।

उहाँले वातावरण संरक्षणका लागि वृक्षारोपण मात्र पर्याप्त नभई रोपिएका बिरुवाको संरक्षण र व्यवस्थापनमा समेत सबै पक्षको समान जिम्मेवारी रहने बताउनुभयो। पछिल्लो समय वन विनाश, अव्यवस्थित विकास निर्माण तथा जलवायु परिवर्तनका कारण वातावरणीय चुनौती बढ्दै गएकाले वृक्षारोपण अभियानलाई निरन्तरता दिन आवश्यक रहेको उहाँको भनाइ छ।
विश्व वातावरण दिवसकै अवसरमा जिल्लाका विभिन्न स्थानीय तहहरूले पनि वृक्षारोपण, सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरी दिवस मनाएका छन्। स्थानीय तहहरूले विद्यालय, सार्वजनिक स्थल तथा सामुदायिक वन क्षेत्रमा बिरुवा रोप्दै वातावरण संरक्षणमा सामूहिक सहभागिताको सन्देश दिएका छन्।

यस्तै, वनस्पति अनुसन्धान तथा विकास केन्द्र सल्यानको आयोजनामा पनि वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। केन्द्रका प्रमुख डा. मित्र पाठकका अनुसार वातावरण संरक्षण र जैविक विविधताको महत्वबारे नागरिकलाई सचेत गराउने उद्देश्यले विभिन्न प्रजातिका बिरुवा रोपिनुका साथै वन तथा वातावरणसम्बन्धी कवि गोष्ठी समेत आयोजना गरिएको थियो। कवि गोष्ठीमा सहभागी स्रष्टाहरूले वन संरक्षण, जैविक विविधता, जलवायु परिवर्तनका चुनौती तथा वातावरणीय सन्तुलन कायम गर्न सबैको भूमिका आवश्यक रहेको विषयलाई कवितामार्फत प्रस्तुत गरेका थिए। कार्यक्रममा वातावरण संरक्षणका लागि सरकारी निकाय, स्थानीय तह, सामुदायिक संस्था तथा नागरिकबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो। यस वर्षको विश्व वातावरण दिवसको सन्देशलाई आत्मसात गर्दै सल्यानमा आयोजित कार्यक्रमहरूले हरियाली प्रवद्र्धन, वातावरणीय सचेतना अभिवृद्धि तथा प्रकृति संरक्षणप्रति नागरिकको दायित्वबोध गराउन महत्वपूर्ण योगदान पु¥याएको सहभागीहरूले बताएका छन्।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली