सल्यानमा विद्युत् सर्ट भई स्वास्थ्य चौकीमा आगलागी, करिब १६ लाखको क्षतिको अनुमान 


सल्यानमा विद्युत् सर्ट भई स्वास्थ्य चौकीमा आगलागी, करिब १६ लाखको क्षतिको अनुमान 

सल्यानको बागचौर नगरपालिका–४ पेदिखोलास्थित सिवरथ स्वास्थ्य चौकीमा विद्युत् तार सर्ट भई आगलागी हुँदा करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्वास्थ्य चौकी इन्चार्ज टेक रावतका अनुसार सोमबार बिहान करिब ११ः५० बजे स्वास्थ्य चौकीमा आगलागी हुँदा १६ लाख भन्दा बढिको क्षति भएको हो । प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ । आगलागीले स्वास्थ्य चौकीको एक कोठामा मात्र सीमित रहेकाले ठूलो क्षति हुनबाट जोगिएको उहाँले जानकारी दिनुभयो ।


जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आगलागीबाट स्वास्थ्य चौकीमा रहेका १२ भोल्टका ८ वटा ब्याट्री, २ वटा काठका दराज, २ वटा स्टिलका दराज, २ वटा स्ट्रेचर, १ वटा इन्भर्टर, २ वटा बिरामी बेड तथा ४ वटा प्लास्टिकका कुर्सी जलेर नष्ट भएका छन । यस्तैै स्वास्थ्य चौकीमा रहेका महत्वपूर्ण कागजात र औषधिहरू समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख दिपक पातलीले जानकारी दिनुभयो । आगलागीको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । आगलागी पछि सेवा रोकिएको छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली