
सल्यानको कपुरकोट गाउँपालिका१ चारपालीमा एक घरमा आगलागी हुँदा करिब साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।
सोमबार बिहान करिब ८ः५५ बजे ७० वर्षीया हरीकला घर्तीको खरले छाएको, काठ, ढुंगा र माटोले बनेको दुईतले कच्ची घरमा अचानक आगलागी भएको हो।
प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो बिहान ९ः५० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
जिल्ला प्रहरी कर्यालय सल्यानका अनुसार आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ताकपडा, काठ तथा नगद १० हजार रुपैयाँ जलेर नष्ट भएको छ। घटनाबाट करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा कुनै मानवीय वा चौपाया क्षति भएको छैन। घरमा सासु र बुहारी मात्र बस्दै आएको बताइएको छ। आगलागीको कारण भने हालसम्म खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
