कालिमाटी गाउँपालिकामा क्यु आर  कोड सहितको डिजिटल गुनासो तथा सुझाव पेटिका’ सञ्चालन

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८३ जेष्ठ २७, बुधबार (१ महिना अघि)
  • ७९ पटक पढिएको

कालिमाटी गाउँपालिकामा क्यु आर  कोड सहितको डिजिटल गुनासो तथा सुझाव पेटिका’ सञ्चालन

सल्यानको कालिमाटी गाउँपालिकाले क्यु आर ( ‘QR) कोड सहितको डिजिटल गुनासो तथा सुझाव पेटिका’ सञ्चालनमा ल्याएको छ। स्थानीय नागरिकका समस्या, गुनासा तथा सुझावहरूलाई सिधै पालिका नेतृत्वसम्म पुर्‍याउने उद्देश्यले क्यु आर काेड सञ्चालनमा ल्याएको हो
गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्री (केसी) को प्रमुख आतिथ्यतामा आयोजित विशेष कार्यक्रमबीच उक्त प्रविधिमैत्री सेवाको औपचारिक शुभारम्भ गरिएको छ ।
स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई अझ प्रभावकारी, पारदर्शी तथा उत्तरदायी बनाउने उद्देश्यका साथ डिजिटल गुनासो तथा सुझाव पेटिका सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ। अब नागरिकहरूले QR कोड स्क्यान गरी आफ्ना गुनासा, समस्या, सुझाव तथा प्रतिक्रिया सहज रूपमा अनलाइनमार्फत पालिकासम्म पुर्‍याउन सक्नेछन्।
कार्यक्रममा अध्यक्ष खत्रीले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै नागरिकका आवाज र अपेक्षालाई प्रत्यक्ष रूपमा सुन्न तथा प्राप्त सुझावका आधारमा सेवा प्रवाहमा सुधार गर्न यो प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय सरकारलाई थप जवाफदेही र नागरिकमैत्री बनाउन यस्ता नवीन प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो।
गाउँपालिकाका अनुसार डिजिटल प्रणालीमार्फत प्राप्त गुनासा तथा सुझावहरूको नियमित समीक्षा गरी आवश्यक सम्बोधन गरिनेछ। यसले नागरिक सहभागिता वृद्धि गर्नुका साथै सेवा प्रवाहको गुणस्तर सुधार गर्न समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली