सल्यानको श्रीनगरमा बसको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८३ जेष्ठ ३१, आईतबार (१ महिना अघि)
  • १०७ पटक पढिएको

सल्यानको श्रीनगरमा बसको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

सल्यानको शारदा नगरपालिका–१ श्रीनगर बजारस्थित बसपार्क नजिक राप्ती राजमार्गमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।आइतबार दिउँसो करिब १२ बजे दाङबाट कुमाखतर्फ जाँदै गरेको ना।३ ख। ६६१६ नम्बरको बसले पैदलयात्री छत्रेश्वरी गाउँपालिका–७ निवासी ४६ वर्षीया उमा रेउलेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी रेउलेको टाउको तथा दुवै खुट्टामा चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्यान पुर्‍याइएको भए पनि चिकित्सकले दिउँसो १२ः३० बजे मृत घोषणा गरेका थिए। बस चालक कुमाख गाउँपालिका–३ निवासी करिब ३० वर्षीय डिल्ली बूढालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न बससमेत नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली