असार महिनाको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै उत्कृष्ट

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८३ श्रावण ७, बिहिबार (३ हप्ता अघि)
  • ६४ पटक पढिएको

असार महिनाको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै उत्कृष्ट

असार महिनाको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै उत्कृष्ट बनेको छ । देशभरका ‘घ’ वर्गअन्तर्गतका २५ जिल्ला प्रहरी कार्यालयमध्ये मासिक कार्यसम्पादन मूल्याङ्कनमा असार महिनाको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै उत्कृष्ट पहिलो स्थान हासिल गर्न सफल भएको हो। केही महिनाअघि १९औँ स्थानमा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले कार्यसम्पादनमा निरन्तर सुधार गर्दै जेठ महिनाको मूल्याङ्कनमा दोस्रो र असार महिनाको मूल्याङ्कनमा सर्वाधिक अंक प्राप्त गरी देशकै उत्कृष्ट जिल्ला प्रहरी कार्यालय बन्न सफल भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी नेतृत्व, सम्पूर्ण प्रहरी कर्मचारीको निरन्तर सक्रियता, प्रभावकारी समन्वय र अहोरात्र खटाइका कारण यो उपलब्धि हासिल भएको हो।

नेपाल प्रहरी प्रधान कार्यालयले प्रत्येक महिना जिल्ला प्रहरी कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ। मूल्याङ्कनका क्रममा अपराध नियन्त्रण तथा अनुसन्धानको प्रभावकारिता, शान्ति–सुरक्षा व्यवस्थापन, सेवा प्रवाह, प्रशासनिक अनुशासन, मानवअधिकारको पालना, नागरिकसँगको समन्वय, फरार प्रतिवादी पक्राउ, राजस्व असुलीलगायतका विभिन्न सूचकलाई आधार मानिन्छ। साथै, विपद् व्यवस्थापन, जनगुनासो फर्छ्योट तथा आन्तरिक अनुशासनजस्ता पक्षमा प्राप्त अंकसमेत समावेश गरी अन्तिम नतिजा निर्धारण गरिने व्यवस्था छ। ती सबै सूचकमा असार महिनाभर प्रभावकारी कार्यसम्पादन गरेपछि जिल्ला प्रहरी कार्यालय सल्यानले १९औँ स्थानबाट उल्लेखनीय फड्को मार्दै पहिलो स्थान हासिल गरेको हो। कार्यालयले यस उपलब्धिले जिल्लावासीप्रति अझ जिम्मेवार र उत्तरदायी भएर सेवा प्रवाह गर्न थप प्रेरणा मिलेको जनाएको छ। साथै आगामी दिनमा पनि शान्ति–सुरक्षा कायम, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

१ हप्ता अघि

मेरी आमा

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली